अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

चिकित्सा शिक्षा विधेयक काङ्ग्रेसको सहमतिमै अघि बढ्छ– मन्त्री गिरिराजमणि पोखरेल

बिआरटीनेपाल २०७५ असार ३१ गते ८:१९ मा प्रकाशित

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राख्नुभएको छ ।

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल ‘स्पिरिड’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्चस्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।


मन्त्री पोखरेलले माथेमा कार्य दलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्तावेजको रुपमा लिन नहुने धारणा राख्नुभयो । सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दावी पनि मन्त्री पोखरेलले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू