अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ –उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ असार ३१ गते ८:१६ मा प्रकाशित

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने वताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा वोल्दै उहाँले निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको स्पष्ट पार्नुभयो ।

प्रतिपक्षले विरोधका लागि विरोध गर्ने मुद्दा कहाँ कहाँ छन् भनेर खोज्न आवश्यक नरहेकोमा जोड दिंदै मन्त्री पोखरेलले फैसला जनताबाट निर्वाचित प्रतिनिधिले गर्न पाउनुपर्ने ठहर गर्नुभयो । मन्त्री पोखरेलले विरोध गरेर समय बर्बाद पार्नभन्दा पनि आर्थिक विकास र समृद्धि सबैको अबको योजना हुनुपर्नेमा जोड दिँदै विकास निर्माण र सामाजिक सुधारका काम सबै एकताबद्ध भएर गर्नुपर्ने वताउनुभयो ।

संविधान जारी भइसकेपछि मुलुकलाई नेतृत्व गर्ने सरकारहरुले कानून निर्माणमा लाग्नु पर्ने भएपनि सरकार बनाउने, टिकाउने खेलमा लागेको हुँदा आवश्यक कानून निर्माणका काम ढिलाइ भए पनि छिट्टै कानून बन्ने र काममा नरोकिने उहाको प्रतिबद्धता थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू