अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

प्रतिनिधि सभा वैठक सोमवार सम्मको लागि स्थगित संसद वैठक

बिआरटीनेपाल २०७५ असार ३१ गते ८:०९ मा प्रकाशित

प्रतिनिधि सभाको आजको बैठक पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधनमा शोक प्रस्ताव पारित गर्दै भोलिसम्मका लागि स्थगित भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभाको बैठकले आलमको निधनमा शोकप्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

आलम २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट रौतहटको क्षेत्र नं.२ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । आलमको गत शुक्रबार बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्ृदयरोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो ।

बैठक सुरु हुनु अघि सार्वजनिक गरिएको कार्यसूचीमा आज शिक्षामन्त्री गिरिराजमणी पोखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ र नेकपाकी सांसद विन्दा पाण्डेले संकल्प प्रस्ताव पेश गर्ने उल्लेख थियो । प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसैबीच सरकारले गत २२ गते राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद सचिवालयमा दर्ता गराएपनि दलीय सहमति जुट्न नसक्दा टेबुल हुन सकेको छैन । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनरत प्रा. डा. गोविन्द केसीसँगको सहमति विपरित सरकारले विधेयक अगाडि बढाएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले विधेयक अगाडि बढ्न दिएको छैन ।
गत बिहीवार नै विधेयक टेबुल हुने कार्यसूची भएपनि सहमति जुट्न नसकेपछि अघि बढ्न सकेन । आजको पहिलो बैठकले आलमको निधनप्रति शोक प्रस्ताव पारित गर्ने र आजै दोश्रो बैठकमा सो विधेयक टेबुल गर्ने संघीय संसद सचिवालयको तयारी थियो । यद्यपी बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

१० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयलाई ५ भन्दा बढी कजेल खोल्ने अनुमति दिनु नहुने, छात्रवृत्ति ७५ प्रतिशत पु¥याउनु पर्ने लगायत सहमति विपरित सरकारले विधेयक अगाडि बढाएको हो । कांग्रेसले डा. केसीसँगको सहमति अनुसार नै विधेयक अगाडि बढ्नु पर्ने र उहाँको जीवन रक्षाका लागि तत्काल कदम चाल्नुपर्ने माग गर्दै विधेयक अघि बढ्न दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू