अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्किने

बिआरटीनेपाल २०७५ असार ३० गते ७:१८ मा प्रकाशित

बैंकक, गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरूका प्रशिक्षक आउँदो बिहीबार घर फर्किने भएका छन् । स्वास्थ्य उपचारपछि उनीहरूलाई अस्पतालबाट बिदाइ गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् । गुफामा फसेका १२ जना बालक र उनीहरूका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरू गत जुन २३ मा गुफामा फसेका थिए ।

उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ । “आउँदो बिहीबार उनीहरू सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ,” अस्पतालका एक अधिकारीले भने । उद्धार गरिएका बालक र उनीहरूका अविभावकलाई आफन्त र साथीहरूसँग समय बिताउन, तर सञ्चार माध्यमलाई अन्तर्वार्ता नदिन सुझाव दिइएको छ ।

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरू झन्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपनि उनीहरूको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए । उनीहरूलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो ।  रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू