अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 23:27

संसदीय दलको नेतामा महन्त ठाकुर सर्वसम्मत चयन

बिआरटीनेपाल २०७५ असार ३० गते ७:१५ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

आजको बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा समसामयिक, राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको कर्णले जानकारी दिनुभयो । संसदीय दलको बैठक अहिले पनि जारी छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू