अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

लोकतन्त्रका लागि छविलाललाई अदालत बुझायौं –प्रचण्ड

बिआरटीनेपाल २०७५ असार २९ गते ९:२८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रका निम्ति आफूहरुले अहिले पनि त्याग गर्न नछाडेको वताउनुभएको छ । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उहाँले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै कृष्णप्रसाद अधिकारी हत्या आरोप लागेका छविलाल पौडेललाई अदालत बुझाउन सहयोग गरेको स्पष्ट पार्नुभयो ।

कहिलेकाहीँ निर्दोष मानिस पनि अनाहकमा फस्न जाने खतरा हने तर्फ आफुहरु सचेत रहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको अभ्यासमा कहिँ कतैबाट प्रश्न उठ्न नपाओस् भन्नकै निम्ति छविलाल पौडेललाई सर्वोच्चमा हाजिर हुन लगाईएको वताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पहलले लोकतन्त्रप्रतिको प्रतिवद्धतामा प्रश्न उठ्छ कि भनेर अदालतको फैसलाको सम्मान गरेको प्रचण्डको भनाई थियो ।

प्रचण्डले लोकतन्त्रको प्रतिवद्धताप्रति शंका नगर्न कांग्रेसलाई आग्रह समेत गर्नुभएको छ । प्रचण्डले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न सरकारले गरेका प्रयासलाई साथ दिन पनि प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

डा. गोविन्द केसीको अनसनको समस्या समाधानका लागि पनि पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वार्ताका लागि टोली बनाउने, जुम्लामा चिकित्सक टोली पठाउने, डा. केसीलाई काठमाडौं ल्याउने र वार्ताको वातावरण बनाउने विषयमा छलफल भएको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू