अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

शिक्षामन्त्रीको चेतावनीः डा. केसीलाई काठमाडौं ल्याउन बल प्रयोग हुनसक्छ

बिआरटीनेपाल २०७५ असार २९ गते ९:२० मा प्रकाशित

 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने वताउनुभएको छ । डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत हुनुहुन्छ । के.सी. ले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिन मान्नुभएको छैन ।

मन्त्री पोखरेलले मेडिकल एशोसिएसनको टोलीलाई के. सी. को उपचारको लागि जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गर्नुभएको छ । आज काठमाण्डौंमा शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले सरकारले आग्रह गरेपछि देखाउन भएपनि टोली जानुपर्नेमा त्यसो हुन नसकेको वरु एसोसियसन नै स्वास्थ्यसंस्था बन्द गर्न लागिपरेको वताउनुभयो ।

सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने मन्त्री पोखरेलको भनाई थियो । पहिलो प्राथमिकता उपचार भएको भन्दै उहाँले डा. गोविन्द के. सी. का स्वास्थ्य सुचकांकहरु कमजोर भएर गए जबरजस्ती पनि गर्नुपर्ने अवस्था आउने संकेत गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू