अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

सिंहदरबार उत्तर ढोका अगाडीको आगलागी नियन्त्रणमा

बिआरटीनेपाल २०७५ असार २९ गते ८:५५ मा प्रकाशित

काठमाडौँ । सिंहदरबार उत्तर ढोका अघिको विद्युत् खम्बामा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

अपराह्न करिब ३ बजेतिर ट्रान्समिटर भएको खम्बाको तारमा आगलागी भएपछि नेपाली सेनाको दमकलले नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायव निरीक्षक धनबहादुर तामाङले राससलाई जानकारी दिनुभयो ।

विद्युत्को लाइनबाट भएको आगलागीसँगै जञ्जालका रूपमा जेलिएको केवल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायकलगायत तारका कारण आगलागी फैलिएको थियो ।

तार जलेर नष्ट भए पनि मानवीय एवम् अन्य धेरै भौतिक क्षति भने हुन पाएन । समयमै नेपाली सेनाको दमकल आइपुगेकाले ट्रान्समिटर पनि जल्न नपाएको प्रहरी नायव निरीक्षक तामाङले बताउनुभयो । राजधानीको प्रमुख र व्यस्त प्रशासनिकस्थल अघिको आगलागीले पैदल यात्रु, सवारीसमेत केही समय रोकिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू