अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२७ | Colorodo: 03:42

नयाँ स्वादको तीज गीत ” तीज को बेलामा बूढाबूढी मेलामा ” बजारमा आउने तयारीमा (भिडियो सहित )

बिजय थापा, भर्जिनिया २०७५ असार २८ गते १०:५४ मा प्रकाशित

नेपाली सङ्गीत बजारमा नयाँ स्वादको तीज गीत बजारमा आउने तयारीमा छ । सन्देश मूलक कथा वस्तु भएको तीजगीतमा नेपाली संस्कृति उठान रहेको छ । कोरस लोकदोहोरी रिमेक गर्दै आएका संगीतकर्मी लक्ष्मण पौडेलको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा पनि उनले आफ्नो निरन्तरतालाई कायम गरेका छन् । 

नेपाली सङ्गीत बजारका नायक राहुल केसीको कम ब्याकले गीतलाई अझ रोचक र सबैको चासो बढाएको छ । किसान जस्तो हिट मुभिमा आफ्नो कला प्रस्तुत गरी सकेका केसी दर्जनौँ अरू चलचित्र र म्युजिक भिडियो छन् ।

विगतमा काली गण्डकी सिने म्याक्स कम्पनी सञ्चालन गरेर समग्र नेपाली फिल्म इन्डसट्रिलाई सेवा गरी रहेका केसी अहिले स-परिवार अमेरिका बस्दै आएका छन् ।

प्रीति आलेको स्वर तथा अभिनय रहेको तीजगीत नयाँ र रोचक रहेको उनले बताइन । आफूले गाएको गीतमा सबै भन्दा आशा लागेको तीजगीत नै यही रहेको उनले बताइन । आफ्नो उत्साहित पारामा उनले गीत बजार तताउने कुरा व्यक्त गरिन ।

सिमरन म्युजिक का सञ्चालक लक्ष्मण नेपालीको अभिनय साथमा रेकर्डिस्ट/एरेन्जर तथा गायक अमृत ल्वागुन को र्यापले सबैलाई आकर्षण बनाएको छ

सिमरन म्युजिक एण्ड मुक्तिको बजार व्यवस्थापन तथा सोही गीत को युट्युब च्यानल पनि सिमरन ले नै गर्ने भएको छ ।

प्रतिक्रिया