अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

करिब दुई हप्तासम्म गुफामा फसेपछि उद्धार गरिएकाहरुको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ असार २८ गते ९:०५ मा प्रकाशित

 

थाइल्यान्डको एक गुफामा दुई हप्ताभन्दा बढी समयसम्म फसेपछि उद्दार गरिएका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकको भिडियो पहिलो पटक सार्वजनिक भएको छ । अस्पतालमा उपचार गराइरहेका उनीहरुको भिडियो सार्वजनिक गरिएको हो । गुफामा फसेका उनीहरुलाई तीन दिनको प्रयासमा उद्धार गरिएको थियो ।

नाटकीय तर शाहसीक ढंगले जोखिमपूर्ण रुपमा उद्धार गरेर उनीहरुलाई पानीले भरिएको गुफाबाट बाहिर निकालिएको थियो । सार्वजनिक गरिएको भिडियोमा उपचारका लागि भर्ना गरिएका बालकले मास्क लगाएको देखिएको छ । उनीहरुले अस्पतालको गाउन पहिरिएका छन् ।

उद्धार अभियान सफलतापूर्वक सम्पन्न भएको भिडियो पनि सार्वजनिक गरिएको छ । यसमा जोखिमपूर्ण उद्धारको मिसन कसरी संचालन गरिएको थियो भन्ने देखाइएको छ । थाइल्यान्डका १२ जना फुटबल खेल्ने बालक र उनीहरुको प्रशिक्षक गत जुन २३ मा गुफाभित्र फसेका थिए ।

यसैबीच थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । १७ दिनसम्म गुफामा फसेपछि विद्यार्थीहरुको तौल भने २ किलोसम्म घटेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू