अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

छविलाल पौडेल निर्दोष छन, घटनाको प्रचण्ड–बाबुरामले जिम्मा लिनुपर्छ –फुजेलबासी

बिआरटीनेपाल २०७५ असार २८ गते ९:०३ मा प्रकाशित

 

गोरखा फुजेलका नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिकहरुले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् । फुजेलबासी पर्शुराम पौडेलले प्रेस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गर्नुभएको छ ।

पौडेलले सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन भनेर र आफू निर्दोष छु भनेर छविलाल अदालत सामु गएको वताउनुभयो । कार्यक्रममा वोल्दै महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्द प्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाउनुभयो ।

त्यस्तै गोरखा फुजेलका ठाकुर देवकोटाले जनयुद्धका सञ्चालक प्रचण्ड, बाबुराम भट्टराई, पासाङलाई यस घटनाको जिम्मा लिन आग्रह गर्नुभएको छ । उक्त घट्नालाई एकतर्फी रुपमा मात्रै प्रचार गरी आफूहरुको सार्वजनिक जीवन र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्तो प्रयासको अन्त्य होस् भन्ने आफूहरुले चाहेको परिवारको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू