अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

संसदीय सुनुवाई विशेष समितिको बैठकः कार्यविधी पारित

बिआरटीनेपाल २०७५ असार २८ गते ९:०१ मा प्रकाशित

संसदीय सुनुवाई विशेष समितिको बिहिबार बसेको बैठकले कार्यविधी पारित गरेको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधीलाई सुझाव सहित पारित गरेको हो ।

कार्यविधीमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने व्यवस्था पनि गरिएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी सुनुवाई गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भए/नभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यविधीमा तय गरिएको छ ।

कार्यविधीमा सिफारिसमा परेका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि सहभागी गराउने पनि उल्लेख गरिएको छ । समितिका सदस्य भट्टराईले सुनुवाई प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने व्यवस्था पनि गरिएको जानकारी दिनुभएको छ । गत मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधी तय गर्न भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

समितिले आजैबाट प्रधानन्यायाधिशमा सिफारिस दिपकराज जोशीको सुनुवाई प्रक्रिया पनि सुरु गरेको छ । आजै सूचना जारी गरेर प्रधानन्यायाधिशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका सदस्य भट्टराईले वताउनुभयो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

फोटो: रातोपाटी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू