अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

मुलुकभर भारी वर्षाको अनुमान–सचेत रहन मौसमविदको सुझाव

बिआरटीनेपाल २०७५ असार २८ गते ८:५६ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा अधिकांश भागका अझै केही दिन निरन्तर वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केही स्थानहरूमा मध्यम खालको वर्षा भएको छ भने साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुनेछ । यस्तै पूर्वका केही भागमा पनि वर्षा हुनेछ ।

यस्तै भोलि शुक्रवार पनि दिउसो देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू–भागका अधिकांश स्थानहरूमा र पूर्वका केही स्थानहरूमा पानी पर्ने अनुमान छ । असार ३० गते शनिवार पनि देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका धेरै स्थानहरू र पूर्वका केही स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार देशैभर हल्का देखि मध्यम खालको वर्षा हुने भएकोले देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने अनुमान छ । रातीको समयमा केही नदीमा पानीको तह उच्चतहमा पुग्ने अनुमान छ । यस्तै पश्चिमको चुरेबाट बग्ने साना नदीहरूमा बाढीको सम्भावना रहेको छ ।

यी नदीहरूमा भोलि शुक्रवार पनि पानीको बहाव उच्च हुने र शनिवार भने सामान्य हुने पूर्वानुमान छ । ठुला नदी तथा साना नदीमा बाढीको उच्च जोखिम भएकोले ती स्थानमा बसोबास गर्नेहरुलाई उच्च सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू