अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

चीनसँगको पारवाहन र यातायातसम्बन्धी प्रोटोकल जुलाईभित्र तयार – प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ असार २८ गते ८:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको पारवाहन र यातायातसम्बन्धी प्रोटोकल यही जुलाई भित्र तयार हुने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले चीनसँगको पारवाहन र यातायातसम्बन्धी प्रोटोकललाई अन्तिम रूप दिन दुई मुलुकबीच पहिलो चरणको बैठक हालै सम्पन्न भएको वताउनुभएको छ ।  

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा सो प्रोटोकललाई जुलाईभित्र सम्पन्न गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुसार कामलाई अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको चीनसँग इतिहासभन्दा अघि देखिएको सम्बन्ध रहेको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले चीनसँग चौतर्फीरूपमा सम्बन्धलाई सुदृढ बनाउन चाहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्रीले जल, वनस्पति, जीवजन्तुको आदानप्रदानले पनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी हितलाई अझै बलियो बनाउन उच्चस्तरीय भेटवार्तालाई जोड दिइएको वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू