अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

नेपाल राष्ट्र बैङ्कको मोबाइल बैंकिङ्ग ग्राहकको सङ्ख्या ४० लाख

बिआरटीनेपाल २०७५ असार २८ गते ८:२३ मा प्रकाशित

नेपाल राष्ट्र बैङ्कले मोबाइल बैंकिङ्ग ग्राहकको सङ्ख्या ४० लाख पुगेको जनाएको छ । यस्तै इन्टरनेट बैकिङ्गका ग्राहकको सङ्ख्या सात लाख ८४ हजार छ । बैङ्कबाट जारी भएका डेबिट कार्डको सङ्ख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको सङ्ख्या ९७ हजार रहेको जनाएको छ ।

यसै गरी चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा सङ्ख्या ६ हजार ४ सय १८ पुगेको छ । आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले ‍ विकास बैङ्कको ९ सय ५१, वित्त कम्पनीको १ सय ८३ र लघुवित्त संस्थाको दुई हजार ३ सय ६५ गरी कुल शाखा ६ हजार ४ सय १८ पुगेको जानकारी दिएका हुन । अहिले बैङ्क तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा झन्डै चार हजार ४ सय ९० जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको छ । सङ्घीय व्यवस्थाअन्तर्गत गठित ७५३ स्थानीय तहमध्ये यस आवको असार २४ गतेसम्म ५ सय ५६ तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको छ । यो आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूमा रहेको निक्षेप खाता सङ्ख्या दुई करोड २५ लाख तथा कर्जा खाता सङ्ख्या १२ लाख ८७ हजार पुगेको छ । त्यस्तै, एटिएम सङ्ख्या दुई हजार ६२४ रहेको छ । 

प्रतिक्रिया