अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

फिफाको नयाँ अवार्ड गोल्डेन ह्विल हुनुपर्ने

बिआरटीनेपाल २०७५ असार २७ गते २२:३७ मा प्रकाशित

सेन्ट पिटर्सवर्ग (रुस), विश्वकप फुटबल प्रतियोगिताको आयोजक फिफाले सर्वश्रेष्ठ गोलकर्तालाई गोल्डेन बुट र सर्वश्रेष्ठ खेलाडीलाई गोल्डेन बल प्रदान गर्दछ । फिफाले नयाँ अवार्ड पनि थप्न विचार गर्नुपर्ने भएको छ । त्यो हो, गोल्डेन ह्विल । त्यो विश्वकपमा खेल्न योग्य बनाउने खेलाडीका लागि आमाबाबु अथवा मार्गदर्शकका लागि हुनेछ । जो आफ्ना सन्तान, चेलालाई विश्वकपको मञ्चसम्म डोर्याउन पाङ्ग्रा बने । ठूलाठूला त्याग, तपस्या गरे ।

उदाहरणका लागि इङ्ल्यान्डका स्ट्राइकर रहिम स्टर्लिङकी आमालाई लिन सक्छौँ । स्टर्लिङ दुई वर्षको छँदा उनका पिताको हत्या भएको थियो । सो दुःखद स्थितिबाट स्टर्लिङकी आमाले होटेलमा सरसफाइ गर्ने काम गरेर छोरालाई हुर्काइन् । पछि आमा काममा व्यस्त हुन थालेपछि स्टर्लिङकी दिदीले दैनिक स्टर्लिङलाई आठ घण्टाको यात्रा गरेर प्रशिक्षणमा पुर्याउने र कुर्ने काम गरिन् । स्टर्लिङको घरबाट प्रशिक्षण स्थलसम्म पुग्न तीन बस परिवर्तन गर्नुपथ्र्यो । यिनीहरू बिना तपाईँले मलाई चिन्न सक्नुहुन्न –रुस जानुअघि स्टर्लिङले भनेका थिए ।

यस अवार्डमा अन्य सम्भावित विजेतामा एलियन एट इसाबेल ग्रिज्म्यान पनि हुन सक्छन् । फ्रान्सका स्ट्राइकर एन्टोनियो ग्रिज्म्यानका पिता । प्रायःले ग्रिज्म्यानलाई सानो र कमजोर शरीर भन्दै आफ्नो एकेडेमीमा भर्ना गर्न अस्वीकार गरेपछि एलियन ग्रिज्म्यानले आफ्ना छोरा एन्टोनियोलाई लिएर पुरै फ्रान्सको भ्रमण गरे ।

१४ वर्षको हुँदा ग्रिज्म्यानलाई स्पेनको रियल सोसिड्याडले विश्वास ग¥यो । जसले गर्दा उनका आमाबाबु आफ्नो छोरासँग टाढा रहनुप¥यो । ग्रिज्म्यान परिवारले आफ्नो छोरासँग निकै कम मात्र भेट गर्न पाउथ्यो ।

उनकी आमा सधैँ रुन्थिन् । मैले आफूलाई भने सम्झाएको थिएँ तर यो कठिन थियो । उनकी आमा मात्र होइन, भाइ थिओ र सबैले एन्टोनियोको सम्झनामा धेरै आँसु बगाए –एलियन भन्छन् ।

फ्रान्सका युवा डिफेन्डर बेन्जामिन पवार्ड पनि कहिल्यै आफ्ना आमाबाबुको समर्पण, त्याग तपस्याको कुरा गर्न छुटाउँदैनन् । पवार्डका आमाबाबु फ्रेडरिक र नाथालियाले उनलाई फुटबलर बनाउन सानैमा एकेडेमीमा भर्ना गरेका थिए ।

अर्जेन्टिनाविरुद्ध विश्वकपकै सर्वश्रेष्ठ मध्ये एक गोल गरेपछि उनका आमाबुबाले आफ्नो छोराप्रति गर्व छ भन्दै भिडियो सन्देश पवार्डलाई पठाएका थिए । त्यो भिडियो सन्देश हेरेपछि पवार्डले आफ्ना आँसु रोक्न सकेनन् । जुन पछि फ्रान्सेली टिभीमा पनि देखाइयो ।

म सानो छुँदादेखि नै उनीहरूले ठुलो त्याग गरेका छन् । मैले जे गरे पनि त्यो गुणको मूल्य तिर्न सक्दिन –पवार्ड भन्छन् । कारिन र थियरी हजार्डको नाम पनि यसमा सामेल हुन सक्छ । यो जोडीका छोरा इजेन हजार्ड थोर्गन हजार्डले बेल्जियमको राष्ट्रिय फुटबल टिममा स्थान बनाए । अन्य दुई छोरा पनि व्यावसायिक फुटबलर हुन् । कारिन र थियरीले आफ्ना छोरालाई फुटबल खेलाडी बनाउन हरेक वर्ष अनगिन्ती किलोमिटर तय गरेका छन् । विश्वकपले स्टार खेलाडीलाई चम्काउँछ । यसअघि पर्दा पछाडि त्यस्ता धेरै व्यक्ति हुन्छन् जसले यी स्टारलाई विश्वकपसम्म पु¥याउँछन् । एपी  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू