अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बिआरटीनेपाल २०७५ असार २७ गते ८:२२ मा प्रकाशित

पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित पोखरा र कास्कीलाई पूर्ण खोप घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाभित्रका बालबालिका लागी लगाउनुपर्ने विभिन्न ११ थरीका खोपका लक्ष्य प्राप्ति भएपछि कास्की जिल्लालाई संयूक्त रुपमा बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्ला जनस्वास्थ्य प्रमुख दिनेशप्रसाद चापागाईका अनुसार पोखरा महानगरपालिकाभित्रका ७ हजार १०३ जना र कास्कीका चार गाँउपालिकाका १५ सय ९५ जना गरी ८ हजार ६९८ जना १६ महिनादेखि १३ महिना सम्मका बालबालिकाहरुले १५ महिनाको उमेरभित्रमा नै पूर्णखोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका र कास्की जिल्ला पूर्णखोप सुनिश्चित भएको घोषणा गर्नुभयो । महानगर प्रमुख मानबहादुर जिसी र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीलाई मुख्यमन्त्री गुरुङले पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गदै पूर्ण खोप महानगर र जिल्ला घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले खोप विधेयक पारित गरेको र खोप कोर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको बताउदै आवश्यक परे त्यसलाई २० करोड पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व स्थास्थ्यमन्त्री एवं संघीय सासद खगराज अधिकारीले नेपालले न्यूनतम मापदण्ड पुरा गरेका खोपहरुमात्रै प्रयोग गदै आएको बताउदै अझै गुणस्तरीय खोपहरुलाई बढाउनुपर्नेमा जोड दिनुभयो । पूर्णखोप घोषणा कार्यक्रम अघि पोखराको

चिप्लेढुङगाबाट सुरु भएको याली न्यूरोड हुदै पोखरा सभागृहमा पुगेर घोषणा सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू