अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

नेविसंघमा अध्यक्षसँग असन्तुष्ट समूहद्वारा १२ औं महाधिवेशनको घोषणा

बिआरटीनेपाल २०७५ असार २७ गते ८:१६ मा प्रकाशित

 

नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२औं महाधिवेशनको मिति घोषणा गरेको छ । संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपुरमा महाधिवेशन गर्ने निर्णय गरेको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । उहाँकै संयोजकत्वमा नियमावली तयारी समिति पनि गठन गरिएको छ । समितिलाई नियमावली तयार पार्न पाँच दिनको समय दिइएको जनाइएको छ ।

यस्तै, अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ । उपाध्यक्ष नवीन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।

महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरुको गठन गरिएको छ । बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरीत गरेका मनोनयन खारेज गरेको घोषणासमेत गरेको छ । विधानबमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमतबाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू