अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

मुलुकलाई समृद्ध बनाउन सिन्डीकेट खारेज – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ असार २७ गते ८:१५ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई समृद्ध बनाउन सरकारले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गरेको स्पष्ट पार्नुभएको छ । गृहमन्त्री थापाले सबै नेपालीलाई समृद्ध बनाउने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुको विकल्प नरहेको पनि वताउनुभयो ।

बुधबार काठमाडांैमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यातायात क्षेत्रमा कायम गरिएको सिन्डीकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने दावी गर्नुभयो ।

मन्त्री थापाले जनतालाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको पनि वताउनुभएको छ । सरकारले यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने उहाको भनाई थियो ।

मन्त्री थापाले मुलुकको समृद्धिको अभियानमा साथ दिन यातायात व्यवसायीहरुलाई पुनः आग्रह गर्नुभएको छ । मुलुकलाई विकास र समृद्धि बाटोमा अघि बढाउने मूल दायित्व सरकार र जनप्रतिनिधिहरुको रहेको उहाँको ठहर थियो ।

बहुसंख्यक गरिव नेपालीहरु र रोजगारीको खोजीका विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन पनि सरकारले विकास र समृद्धिको अभियानलाई मुख्य लक्ष्य बनाउनु परेको मन्त्री थापाले प्रष्ट पार्नुभयो । गृहमन्त्री थापाले समृद्धिको मुख्य आधार पूर्वाधार विकास भएकाले त्यसलाई तीव्र रुपमा अघि बढाउन सरकारले रेल मार्ग, जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिएको वताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू