अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

नेपाल कम्युनिस्ट पार्टीको नियमावली पारित

बिआरटीनेपाल २०७५ असार २७ गते ८:१० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नियमावली पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै पार्टी संचालनका लागि सहज हुने भएको छ ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिइएको र अब प्रकाशनमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने जानकारी दिनुभएको छ ।

पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न पार्टीभित्र कार्यदलस्तरमा छलफल हुँदै आएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू