अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

कान्तिपुर दैनिक र काठमाडौँ पोस्टका प्रधान सम्पादक द्वय शर्मा र उपाध्यायको संयुक्त राजीनामा

बिआरटीनेपाल २०७५ असार २६ गते २१:२२ मा प्रकाशित

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौँ पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले संयुक्त राजीनामा दिएका छन् । शर्मा र उपाध्याय दुवैले १० वर्षदेखि पत्रिकाको नेतृत्व सम्हाल्दै आएका थिए ।

कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र द काठमाडौँ पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले एक्कै पटक राजीनामा दिएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्षपछिको बरीयता दिँदै भित्र्याएपछि प्रधानसम्पादकद्वयले राजीनामा बुझाएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू