अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७५ असार २६ गते २१:१६ मा प्रकाशित

बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश भएको छ । मङ्गलवार मध्यरात भएको खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको हो । फ्रान्सलाई जिताउने क्रममा ५१ औँ मिनेटमा सामुअल उगटिटिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बेल्जियमले जवाफी गोल फर्काउन असफल भएपछि फ्रान्सले फाइनल यात्रा तय गर्न सफल भयो । अब फा्रनसले इंल्याण्ड र क्रोएसियाबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू