अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

जापानमा बाढीबाट मृत्यु हुनेको संख्या १५६ पुग्यो

बिआरटीनेपाल २०७५ असार २६ गते ७:४८ मा प्रकाशित


२६ असार, पोखरा ।
जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १ सय ५६ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतीको पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या एक सय पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १ सय ५६ पुगेको हो ।
अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्धार कार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । मौसमविद्ले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।
हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू