अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

डा. केसीको उपचारका लागि अर्को टोली पठाउने सरकारको तयारी

बिआरटीनेपाल २०७५ असार २६ गते ७:४३ मा प्रकाशित


२६ असार, पोखरा ।
सरकारले आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि अर्को टोली जुम्ला पठाउने तयारी गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्न पनि सरकार तयार रहेको हो ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य राम्रो नरहेको वताउनुभयो । न्याम्समार्फत डाक्टरको टोली पठाएको तर, डा. केसीले उपचार नलिएको भन्दै मन्त्री पोखरेलले असन्तुष्टि जनाउनुभयो । जुम्लामा टोली पठाउनुभन्दा काठमाडौंमा ल्याएर उपचार गर्नु राम्रो हुने उहाको भनाई थियो । । त्यसका लागि वातावरण बनाउन विपक्षी दलहरुलाई पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू