अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

कोलोराडोमा बिपुल क्षेत्री साङ्गीतिक कन्सर्ट आउन एक महिना बाँकी

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असार २६ गते १६:४० मा प्रकाशित

कोलोराडोमा बिपुल क्षेत्री साङ्गीतिक कन्सर्ट आउन अब एक महिना बाँकी रहेको छ । बिपुलले अगस्त १० तारिखको दिन डेनभर सहरमा साङ्गीतिक कन्सर्ट गर्दैछन । उक्त साङ्गीतिक कन्सर्ट सेर्भान्टेस मास्टरपिस बलरुममा बेलुका ७ बजे देखि सुरु हुँदैछ । लन्डनस्थित ट्रिनिटी कलेजबाट ‘वेस्टर्न क्लासिकल गिटार’ मा स्नातकोत्तर गरेर नेपाली सङ्गीतमा आफ्नो ज्ञान र अनुभव समर्पण गरेका बिपुलका सिन्डिगेट, असार, राम साइँली जस्ता गीतहरू दर्शक स्रोत माझ लोकप्रिय रहेका छन् । गायक क्षेत्री अचेल अन्तर्राष्ट्रिय स्तरका गायकहरूसँग पनि मिलेर काम गर्न थालेका छन् । उनले ग्रामी अवार्ड विनर Diplo ra Mo सँग नयाँ गाना पनि निकालिसकेका छन् । 

कोलोराडोमा कम्युनिटी घर बनोस् भन्ने हेतुले कन्सर्टबाट उठेको केही रकम नेपाली घरलाई कम्युनिटी घर बनाउन थप सहयोग होस् भनेर दिइनेछ । यो कार्यक्रम कोलोराडोको नेपाली इभेन्ट्स कोलोराडो प्रोडक्सन टिमले आयोजना गर्दैछ ।

साङ्गीतिक कन्सर्ट प्रवेशको लागि ४५ डलर तोकिएको छ भने टिकटको लागि तल फ्ल्यारमा उल्लिखित नाम भएका व्यक्तिसँग सम्पर्क गर्न सकिने छ । यो कार्यक्रमको मिडिया पार्टनरमा बिआरटी नेपाल डट कम रहेको छ । 

प्रतिक्रिया