अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

कट्रिना र ज्याकलिनका कारण सलमान तनावमा

बिआरटीनेपाल २०७५ असार २५ गते १८:०२ मा प्रकाशित

मुम्बई, सलमान खान अहिले द–ब्याग टुरका क्रममा अमेरिका पुगेका छन् । उनको टोलीमा अभिनेत्री कट्रिना कैफ र ज्याकलिन फर्नान्डेज पनि छन् । कार्यक्रमका कारण सलमानले सास्ती खेप्दै छन् भन्ने सुनिएको छ । कट्रिना र ज्याक एक–अर्कासँग मिल्दैनन् । तसर्थ, यिनलाई एकै चोटि स्टेजमा उतार्न त परको कुरा, एउटै फ्ल्याटमा राख्नसमेत गाह्रो परेको अवस्था रहेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले दुई अभिनेत्रीलाई एकै होटेलका बेग्लाबेग्लै तलामा राखिए पनि क्यानडाको कार्यक्रममा होटेल अगल–अलग गरिदिन सलमानले व्यवस्थापकलाई अह्राइसकेका छन् । दुईले एकअर्कालाई हेर्न नचाहेकाले कुनै हातलमा पनि आई कन्टयाक्ट नहोस् भन्नेमा सलमान र आयोजक समूह सचेत रहेछन् । उनीहरू दुवैलाई सलमानले बलिउडमा स्थापित गरेका हुन् ।

सन् २०१६ मा ज्याकलिनको ‘ढिसुम’ फिल्म रिलिज भएपछि उनलाई कट्रिनासँग दाँजिएको थियो । उनले अभिनय र डाइलग डेलीभरिमा क्याटको नक्कल गरेको आक्षेप लाग्यो । ज्याकलिनले यसको खण्डन गर्दै आफूहरूलाई नदाँज्न आग्रह गरेकी थिइन् । हिन्दी भाषा राम्रो बोल्न नसक्ने यी दुवै अभिनेत्री अभिनयमा झुर मानिन्छन् । नृत्यतिर भने यिनले कौशल देखाइसकेका छन् । एजेन्सी 

प्रतिक्रिया