अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

छोरी जन्मे वार्षिक १० हजार भत्ता दिने प्रसौनी गाउँपालिकाको निर्णय

बिआरटीनेपाल २०७५ असार २५ गते १७:४५ मा प्रकाशित

कलैया, प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैङ्कमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।

गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताउनुभयो । उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ । गाउँपालिकाको सो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् । –रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू