अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

निशा कंडेलको स्वरमा रहेको गीत ‘संधैलाइ’ को भिडियो सार्वजनिक

रघु सापकोटा २०७५ असार २५ गते १०:५० मा प्रकाशित

निशा कंडेलको स्वरमा रहेको गीत ‘संधैलाइ’ को अफिसियल भिडियो सार्वजनिक गरिएको छ । लामो समय सङ्गीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा सङ्गीतमा बनेको भिडियो उत्कृष्ट बनेको छ । राहुल प्रधानको सङ्गीत संयोजन रहेको गीतमा गायिका कंडेलको स्वर सुहाएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति सधैँ समर्पित भाव बोकेको छ। 

चक्र महर्जनले छायाङ्कन गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन् । भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलाई केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीले सपोर्ट गरेको छ ।

केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरू लाई प्रोत्साहन गर्दै आइरहेको छ । अस्ट्रेलियाको सिड्नी,डार्विन,पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगन्ज,पोखरा र बनेपामा कार्यालय सञ्चालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रीले जानकारी गराए । कला र गीत सङ्गीत प्रेमी क्षेत्रीले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरूको प्रमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए ।