अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

तामाङ सोसाइटी अफ अमेरिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा

बिआरटीनेपाल २०७५ असार २५ गते १०:२५ मा प्रकाशित

हिजो जुलाई ८, २०१८ का दिन न्युयोर्कमा सम्पन्न वाङ अर्थात् अभिषेक ग्रहण कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा निर्माणधीन बौध स्तुपाको लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्रीमती सानुमाया तामाङले सोसाइटीकोतर्फबाट ५ लाख रुपैयाँ चन्दा सहयोग प्रदान गर्ने घोषणा गर्नु भयो । 

बौद्ध धर्म अनुसार अत्यन्तै पवित्र मानिने बौद्ध स्तुपा नेपालको रामेछाप जिल्लामा निर्माण हुदैंछ । तामाङ सोसाइटी अफ अमेरिकाले आइतबारको दिन न्युयोर्कमा आयोजना गरेको वाङ कार्यक्रममा अध्यक्ष श्रीमती तामाङले सो चन्दा रकम स्तुपा निर्माणकोलागि प्रदान गर्ने घोषणा गर्नु भएको हो । सो वाङ अर्थात् अभिषेक कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेले बौद्ध दर्शन अनुसार हाम्रो दैनिक जीवन शैलीलाई के कसरी यथार्थपरक बनाउन सकिन्छ त्यसबारेमा प्रवचन दिनु भएको थियो । 

लगभग १०० जना उपस्थित महानुभावहरूलाई बौद्ध गुरुले वाङ प्रदान गर्नु भएको थियो । सो कार्यक्रम न्युयोर्कको क्विन्स स्थित तामाङ सोसाइटी अफ अमेरिकाको सभाकक्षमा सम्पन्न भएको थियो भने कार्यक्रम सोसाइटीका महासचिव बुद्धिमान तामाङले सञ्चालन गर्नु भएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू