अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

नेपाल विद्यार्थी सङ्घले सरकारका पछिल्ला निर्णयहरूको विरोध गर्दै माइतीघर मन्डलामा प्रदर्शन

बिआरटीनेपाल २०७५ असार २५ गते ९:५२ मा प्रकाशित

नेपाल विद्यार्थी सङ्घले सरकारका पछिल्ला निर्णयहरूको विरोध गर्दै सोमबार माइतीघरमन्डलामा प्रदर्शन गरेको छ । नेविसंघसम्बद्धहरुले डा. गोविन्द केसीका मागहरू पूरा गर्नुपर्ने, निषेधित क्षेत्र खारेज गर्नुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली काँग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक बन्नुपर्ने र गंगामाया अधिकारीका माग पूरा गर्नुपर्ने पनि उनीहरूको माग रहेको छ । नेविसंघका अध्यक्ष नयनसिंह महरले सरकारले साउन १ गतेबाट लागू हुनेगरी घोषणा गरेको निषेधित क्षेत्रमै साउन १ गते प्रदर्शन गर्ने चेतावनी दिए ।

राजाको तानासाही फाल्ने सामर्थ्य राख्ने काँग्रेस केपी ओलीसँग नडराउने उनको भनाइ थियो । प्रदर्शनस्थलमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको थियो । प्रहरी र प्रदर्शनकारीबिच तनाव उत्पन्न भए पनि झडपको अवस्था भने आउन पाएन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू