अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

क्यानडामा अधिकारकर्मी बिष्णुमाया परियार आफ्ना सङ्घर्ष र सफलताको कथा यसरी सुनाइन

बिआरटीनेपाल २०७५ असार २५ गते ९:४८ मा प्रकाशित

क्यानडामा सम्पन्न भएको निडर नारी सम्मेलनमा न्यु जर्सी कि महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ विद्या वारिधि ) ले सहभागी माझ आफ्नो सङ्घर्ष र सफलताको कथा सुनाएकी छिन् । 

वन वुमन अर्गनाइजेशनले क्यानडाको ओन्टारिओमा गरेको उक्त कार्यक्रममा मुख्य वक्तामध्येकी एकका रूपमा उनले सहभागिता जनाएकी हुन् । उक्त सम्मेलनमा यस्ता निडर कथा हुने चर्चित महिलाहरूलाई उनीहरूका सफलता र सङ्घर्षको कथा सुनाउनका लागि वक्ताका रूपमा बोलाइएको थियो ।

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी सहरका नगर प्रमुख मेयर स्टेभन फुलपकी डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा. परियारको संस्था एड्वानको शैक्षिक कार्यक्रमबाट स्थापना काल सन् १९९८ देखी हालसम्म १५ हजार बढी बालबालिकाहरू लाभान्वित भएका छन् ।

सन् २०१८ मा थप १०० जना विद्यार्थीहरूले महत्वाकांक्षी छात्राकोष प्राप्त गर्ने घोषणा गरिएको छ । एड्वानले नेपालका विपन्न र दलित समुदायका ५० हजारभन्दा धेरै महिलाहरू र तिनका परिवारलाई सामाजिक रूपान्तरणमा लाभान्वित गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू