अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

ज्ञानेन्द्रको जस्तो व्यवहार नगर्न प्रधानमन्त्रीलाई गगनको चेतावनी

बिआरटीनेपाल २०७५ असार २५ गते ९:३४ मा प्रकाशित

नेपाली काँग्रेसका नेता गगन थापाले विगतमा तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारीसँग गरेजस्तो व्यवहार नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उर्लने तत्कालीन राजाले रत्नपार्कमा आन्दोलनकारीको सङ्ख्या हेरेर गरेको व्यवहारजस्तो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए। प्रधानमन्त्री र शिक्षामन्त्रीले एक दुई जना व्यक्तिको स्वार्थको विषय नहेर्ने हो भने चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकारलाई सहयोग गर्न सकिने नेता थापाको भनाई थियो।

चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद थापाले आन्दोलनकारीको सङ्ख्या र संसद्मा टाउको गनेर कसैको आवाज नदबाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

‘सत्यको पक्षमा फगत एक जना भए पनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनुभएको छ । मान्छे कति छन् नगन्नुस्, कति टाउको छ नहेर्नुस्, सदनको टाउको पनि नगन्नुस्’ उनले भने ‘म प्रधानमन्त्रीलाई शुभकामना दिन चाहन्छु ।’

सांसद थापाले डा. गोविन्द केसीलाई चिन्न पनि आग्रह गरे । कुनै स्वार्थ र झन्डा उनीसँग नभएको भन्दै थापाले चिकित्सा शिक्षा सुधारको नशामात्र उहाँसँग रहेको बताए । ‘उहाँलाई चिन्नुस्, उहाँसँग कुनै झन्डा छैन । लोभ छैन, स्वार्थ छैन । केवल नशा छ, नेपालको चिकित्सा शिक्षाको क्षेत्र सुधार्ने नशा छ । त्यो नशा कसैले नजर अन्दाज गरेर उत्रिँदैन । कसैले तर्साएर पनि उत्रँदैन ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू