अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

सरकारले राष्ट्रसंघका स्थायी प्रतिनिधि भट्टराईलाई फिर्ता बोलायो

बिआरटीनेपाल २०७५ असार २५ गते ९:१२ मा प्रकाशित

सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भट्टराईलाई बोलाउने निर्णय गरेको हो।

भट्टराईलाई साउन १५ भित्र नेपाल फर्कन निर्देशन दिइएको संचारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। आइतबारकै मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्त गर्ने सम्बन्धी मापदण्ड २०७५ लाई स्वीकृत गरेको हो।

त्यस्तै सरकारले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) बाट ऊर्जामा लगानी बनाउन तथा कार्यकुशलता सुधारमा बजेट सहायता स्वरूप उपलब्ध हुने करिब १० अर्ब रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजना कार्यान्वयनका लागि लागि कार्यान्वयन गर्ने निकाय र कार्यान्वयन प्रक्रिया तोक्ने निर्णय भएको छ । मानवअधिकार आयोगले क्षतिपूर्ति निर्धारण गरी कार्यान्वयन गर्न सिफारिस गरेका ३३ जनालाई क्षतिपूर्ति दिने तथा व्यापार, खेलकुद, ऊर्जा, लगानी, पर्यटन जस्ता क्षेत्रमा सहयोग पुग्नेगरी नेपाल र साउदीबिच सहयोगसम्बन्धी समझदारी गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू