अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

परिकार र परिवार सहित सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असार २४ गते २२:२२ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आफ्नो छैटौँ स्रिखलालाई भव्य र सभ्य रूपमा समापन गरेको छ। परिकार र परिवार सहित प्राकृतिक पृष्‍ठभूमीमा खुल्ला आकाश मुनी आयोजित उक्त सुन्ने र सुनाउने कार्यक्रममा बाक्लो रूपमा साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो । 

विभीषिका अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा नायक नवराज श्रेष्ठ र गायक विजय अधिकारीको सह अध्यक्षमा विभिन्न कवि कबयात्रीहरुले आफ्नो श्रीजना बाँचन तथा गायनबाट वातावरण साहित्यमय बनाएका थिए ।

प्रसिद्ध गायक महेश बुढाथोकी समुस्थितिमा गायक वसन्त लम्साल, विजय अधिकारी र वीरेन्द्र सुवाल सिंह, मनोज तुलाधर, सन्ध्या लम्सालले आफ्नो गलाको प्रस्तुतिसँगै ज्ञानेन्द्र काफ्ले, मुक्तिनाथ तिमल्सेना, समीर आचार्य, सिता सापकोटा, प्रतिभा शर्मा, पुरुषोत्तम नेपाल, नवराज घिमिरे, सेनु प्रसाद तिवारी, अनिता अधिकारी, हरिमाया देवकोटा, सरोज भुसाल, गौतम सागर राई, कृष्ण घिमिरे, बिके श्रेष्ठ, भुपेन्द्र महत जस्ता कवि कबयत्रिहरुको कविता गीत गजलबाट कार्यक्रममा आमाको ममता, बुवाको सम्झना, नेपालको माटो जस्ता भाव सम्बेग पोखिएका श्रीजनाले धेरैको मन छोएको थियो । 

धन पौड्यालले नजिकिएको भानु जयन्तीलाई सम्झँदै आगन्तुकलाई स्वागत गर्नु भएको उक्त साहित्यिक कार्यक्रममा किराँत राई सोसाइटी अफ नेपालका अध्यक्ष चन्द्र कुमार राईले शुभकामना सहित आर्थिक सहयोग समेत गर्नु भएको थियो भने कृष्ण घिमिरेले अब प्रतिष्ठानले गति लिई सकेकोले सदस्यताको महसुस भएको र यसलाई सक्रिय रूपमा अघि बढाउने आफू पनि तयार भएको बताउनु भएको थियो । विभिन्न क्षेत्र तथा समुदायका साहित्य अनुरागीहरूको साथ र सदवाभ सहित सम्पन्न भएको थियो ।

सबैलाई समान अवसर दिने अवधारणाको निरन्तरता स्वरूप आगामी कार्यक्रम सोमु प्रसाद तिवारीले गर्नु हुने छ । साझा मञ्चमा कलाकारको समेत उचित स्थान दिईेएको तथा मिठो रचना श्रवण सहित स्वादिष्ट भोजनको प्रबन्ध गरिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापनको घोषणा नायक नवराज श्रेष्ठले गर्नु भएको थियो। 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया