अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

चालु खर्चमा ब्रह्मलुट : एकै दिन १० अर्ब भुक्तानी

बिआरटीनेपाल २०७५ असार २४ गते २२:०४ मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तमा मुलुकभरका सरकारी कार्यालयले चालु बजेटमा विनियोजित पुरै रकम रित्याउने गरी ब्रह्मलुट गरेका छन् । समाचारका अनुसार कार्यालय प्रमुख, लेखा, स्टोर र प्रशासनमा कार्यरत कर्मचारीबिचको मिलेमतोमा चालु बजेटमा विनियोजन गरेको अर्बौं रुपैयाँ लुटिएको हो।

गत शुक्रवार (असार २२ गते) एकै दिन १० अर्ब रुपैयाँ चालु खर्च अन्तर्गत भुक्तानी दिइएको छ। सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुदेखि जेठ अन्तसम्म चालु बजेटको खर्च दैनिक औसतमा एक अर्ब ८७ करोड रुपैयाँ हुँदै आएको थियो।

असार १५ देखि दैनिक तीनदेखि चार अर्ब रुपैयाँ हुँदै आएकामा गत शुक्रवार एकै दिन १० अर्ब रुपैयाँ भुक्तानी भएको हो। वर्षका अघिल्ला दिनको तुलनामा असार १५ पछिको खर्च झन्डै तीन सय प्रतिशत बढी हो। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू