अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी दिन मेला

बिआरटीनेपाल २०७५ असार २४ गते १६:१० मा प्रकाशित

काठमाडौँ, शैक्षिक परामर्श सङ्घ (इक्यान)ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी र परामर्शका लागि १२आँै बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे जानकारी दिन मेला आयोजना गर्न थालिएको सङ्घका अध्यक्ष विष्णुहरि पाण्डेले बताउनुभयो ।

साउन ३ देखि ६ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चल्ने उक्त मेलामा करिब एक सयभन्दा बढी कक्ष रहनेछन् । उहाँले मेलामा अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नवीनतम जानकारी तथा विभिन्न देशका शिक्षा नीति र नीतिमा आएका परिवर्तनबारे विद्यार्थीले जानकारी लिनसक्ने बताउनुभयो ।

यसै गरी, मेलामा विद्यार्थीलाई अध्ययन गर्न जाने देशको रहनसहन, हावापानी, वातावरण, देश अनुसारको शुल्कसहित अध्ययन गर्न जानका लागि सबै विषयवस्तुका बारेमा समेत जानकारी गराइने पाण्डेले बताउनुभयो । मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलंका, जापान, अमेरिका, अस्ट्रेलियालगायत देशका कलेज तथा विश्वविद्यालयको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू