अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

स्कटल्याण्डमा छायाङ्कन गरिएको गायक पन्चकोटीको “कोमल तिम्रो” गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ असार २४ गते ९:१७ मा प्रकाशित

स्कटल्याण्ड, विदेशमा रहेर पनि नेपाली गीतसङ्गीतमा तल्लीन गायक, सङ्गीतकार नभकृश पन्चकोटीको पछिल्लो एल्बम “महक” (२०१८)को चर्चित गीत “कोमल तिम्रो”को म्युजिक भिडियो युट्यूब मार्फत सार्वजनिक भएको भएको छ । गायक नभकृश पन्चकोटीको शब्द र स्वर रहेको गीतको सङ्गीत चर्चित सङ्गीतकार हरि लम्सालले गरेका छन् भने एरेञ्ज महाराज थापाको रहेको छ । युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियोमा हेर्न सकिन्छ ।

 

म्युजिक भिडियोमा स्कटल्याण्डको मनोरम दृश्यमा कलाकारहरू लियो ट्याङ्क र पूजा पन्चकोटीको रोमान्स (प्रेमभाव युक्त अभिनय) रहेको छ । नेपाल र बेलायतबाट निर्मित धेरै म्युजिक भिडियोहरूमा खेलिसकेका कलाकारहरू लियो ट्याङ्क र पूजा पन्चकोटीको यस म्युजिक भिडियोमा निकै राम्रो जोडी देखिएको छ । कोरियोग्राफीमा निकै अब्बल मोहन कार्कीले यस म्युजिक भिडियोमा कोरियोग्राफी गरेका छन् । नृत्य विधामा दुई दशक भन्दा बढी अनुभवी कार्कीले नेपालमा रहँदा नायक दिलीप रायमाझीसंग नृत्यमा लामो सहकार्य गरेका थिए । रो प्रोडक्सन युकेले निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन दीपेश रेग्मीको रहेको छ । रो प्रोडक्सन युकेले हालै निर्माण गरेको भारतीय गायिका संजीवनी र नारायण धितालको म्युजिक भिडियो “अँगालोमा बाँधी” नेपाली टिभीहरू र सामाजिक संजालहरुमा निकै चर्चित रहेको छ ।

२०४३ सालमा रेडियो नेपालमा स्वर परीक्षण गरेर गायन क्षेत्रमा साधनारत गायक नभकृश पन्चकोटीको १९९८ मा “फलिंग इन लभ” २००६ मा “क्रियशन, २००९ मा “म” गीति एल्बम निस्किसकेको छ भने २०१८ मा “महक” गीति एल्बम निस्कने तयारीमा रहेको छ। २०४५ मा म्युजिक नेपालमा रेकर्ड गरिएको गायक पन्चकोटीको “मायालु ए मेरी मायालु” गीत (शब्द सुशील देवकोटा, सङ्गीत सुशील विश्वकर्मा) निकै नै चर्चित रहेको थियो। 

प्रतिक्रिया