अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

डा. चिन्तामणि योगीद्वारा कोलोराडोमा दुई दिने विशेष प्रवचन कार्यक्रम हुदैं

बिआरटीनेपाल २०७५ असार २३ गते १३:५७ मा प्रकाशित

पूर्वीय दर्शनका ज्ञाता डा. चिन्तामणि योगीबाट आगामी जुलाई १० र ११ तारिखका दिन मानव मूल्यका पाँच तत्त्वहरू सत्य, प्रेम, शान्ति, निस्स्वार्थ सेवा र अहिंसाको महत्त्व र त्यसलाई कसरी हाम्रो जीवनमा अङ्गीकार गर्ने भन्ने बारेमा विशेष प्रवचन दिन कोलोराडो आउँदै हुनुहुन्छ । यो कार्यक्रमको आयोजना रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले गरेको छ ।

रसिलो पाराले मनोरन्जनात्मक वातावरणमा ज्ञान दिने उहाँको तरिका अत्यन्त प्रभावकारी छ । डा. योगी क्याम्ब्रिज, अक्सफोर्ड र हर्भार्ड जस्ता ख्यातिप्राप्त बिश्वबिध्यालयहरुमा शरीर, योगा र आन्तरिक ज्ञान बारेमा विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्नुहुन्छ । योगामा पारङ्गत डा. योगीको उक्त कार्यक्रममा पाल्नुभई रमणीय वातावरणमा मानव जीवन र जगतको बारेमा अन्तरङ्ग ज्ञान हासिल गर्ने अवसरको सदुपयोग गर्नुहुन आयोजक संस्थाका अध्यक्ष विनोद त्रिपाठीले अनुरोध गर्नु भएको छ । कार्यक्रम तालिका अनुसार जुलाई १० मङ्गलवार दिनको ४ बजे देखी ७ बजेसम्म १८ वर्ष भन्दा मुनिका बालबालिकाको लागी राखिएको छ भने भोलि पल्ट ११ बुधवार साँझमा १८ वर्ष माथिका सबैको लागि कार्यक्रम राखिएको छ ।

आफ्ना बालबालिकाहरूको आध्यात्मिक र नैतिक विकासको लागि मङ्गलवार साँझ आफ्ना बालबालिकाहरूलाई लिएर आउन अभिभावकहरूलाई रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले अनुरोध गरेको छ ।

FOR KIDS
Date and time:
Tue. July 10, 2018 (4:00 pm to 7:00pm)

Venue:
Crossroad Church,
10451 Huron St, Northglenn, CO 80234

FOR ADULTS
Date and time:
Wed. July 11, 2018 – 4:00 pm to 7:00pm

Venue:
Viewpoint Condominium
10211 Ura Ln , Thornton, CO 80260

प्रतिक्रिया