अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा

बिआरटीनेपाल २०७५ असार २३ गते ९:४९ मा प्रकाशित

विगत नौ वर्षदेखि नियमित साप्ताहिक रूपमा प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । प्रविशा प्रकाशनद्धारा प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले स्व. सविन शाक्यको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो ।

३० वर्ष भन्दा बढी विभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यले करिब २५ वर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रूपले संलग्न भई काम गरेका थिए । गत वर्ष असार २३ गते शाक्यको निधन भएको थियो ।

शाक्यको निधन भएको वार्षिकी तथा प्रथम स्मृति दिवसका अवसरमा सम्झना तथा सम्मान स्वरूप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताएका छन् । सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार हरेक वर्ष फिल्मीखवरको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राशि १०,०००।– (रुपैयाँ दश हजार मात्र) सहित प्रमाणपत्र प्रदान गरिने प्रियले बताएका छन् । हरेक वर्ष रङ्ग पत्रकारितामा संलग्न एक पत्रकारहरूलाई यो पुरस्कार प्रदान गरिने पनि प्रियले बताए ।

प्रतिक्रिया