अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ – मन्त्री थापा

बिआरटीनेपाल २०७५ असार २३ गते ९:४३ मा प्रकाशित

काठमाडौँ, असार २३ गते । गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताउनुभएको छ ।

नेपाल मगर खेलकुद सङ्घले आज यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले राजनीतिक र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै आपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

सङ्घका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रूपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्का मगरले मगरात र तमुवानको छुट्टै गौरवशाली इतिहास रहेको चर्चा गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू