अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

कोलोराडोमा आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती मनाइँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असार २३ गते ९:३७ मा प्रकाशित

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती आउने जुलाई २१ मा विभिन्न कार्यक्रम गरी कोलोराडोमा मनाइँदै छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा हुने उक्त कार्यक्रममा भानु सम्बन्धी रचना ल्याउन हुन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले अनुरोध गर्नु भएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गर्नु भएको थियो ।

उहाँले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु भएको थियो । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।

कार्यक्रम हुने ठेगाना:
Crossroads Church
10451 Huron St,
Northglenn, CO 80234
Phone: (303) 452-5332

समय: दिनको १:३० देखी ५ बजे सम्म

प्रतिक्रिया