अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार धर्मेन्द्र झालाई

बिआरटीनेपाल २०७५ असार २२ गते २३:४८ मा प्रकाशित

प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा पालिखे परिवारबाट स्थापित तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाबाट सञ्चालित दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार अग्रज पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झालाई उक्त सम्मान प्रदान गर्नका लागि प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासङ्घ कास्की शाखाको आजको बैठकले अनुमोदन गरेको हो । ताम्रपत्र, दोसल्ला तथा नगद ३३ हजार ३३३ बाट झालाई सम्मान गरिने महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

लहान नगरपालिका–१४ सिराहामा जन्मेका झाले २०४४ मा जनकपुरबाट प्रकाशित जनआकांक्षा साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्नुभएको थियो । विसं २०६५ देखि ०६८ सम्म नेपाल पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका झा हाल स्वतन्त्र पत्रकारका रूपमा गोर्खापत्र दैनिक लगायतका मिडियाहरूमा स्तम्भ लेख्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू