अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

प्रदेश प्रमुख हटाउने निर्णय मन्त्रिपरिषद्ले नगरेको: कानुनमन्त्री तामाङ

बिआरटीनेपाल २०७५ असार २२ गते २३:४२ मा प्रकाशित

कानुनमन्त्री शेरबहादुर तामाङले प्रदेशप्रमुख हटाउने निर्णय मन्त्रिपरिषद्ले नगरेको बताएका छन् ।

शुक्रवार सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री तामाङले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले कानुनविपरीत नियुक्ति दिएका व्यक्तिहरूले स्वेच्छिकरुपमा नछाडेपछि नियुक्ति खारेज गर्नुपरेको तर्क गरे ।

प्रदेशप्रमुखहरुलाई भने कामको मूल्याङ्कनका आधारमा राख्ने वा हटाउने निर्णय हुने उनको भनाइ थियो । बिहीबार भने मन्त्री तामाङले नै प्रदेशप्रमुखहरुको नियुक्तिको निर्णय पनि खारेज भएको बताएका थिए । प्रदेशप्रमुख हटाउने निर्णयको चौतर्फी विरोध भएपछि सरकार हच्किएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू