अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

नेकपाले आफ्नो विधान तथा कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलायो

बिआरटीनेपाल २०७५ असार २२ गते २३:३५ मा प्रकाशित

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो विधान तथा कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको विधान, कार्ययोजना लगायतका विषयमा छलफल केन्द्रित रहेको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, प्रमुख प्रतिपक्षी काँग्रेसको विरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सरकार विरुद्ध काँग्रेसले सडकदेखि सदनसम्मको आन्दोलनलाई आक्रमक बनाएको छ । सरकारको काम कारबाही प्रभावकारी बनाउने विषयमा समेत नेकपाले आफ्नो धारणा बनाउने बताइएको छ । यस्तै, बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रका भातृसंगठन र शुभेच्छुक संस्थाको एकीकरण प्रक्रिया अघि बढाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू