अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

लाग्यो तिज: दर खाने दिनको सदुपयोग गर्दै दिदी बहिनीहरूले अमेरिकामा यसरी नेपाली कम्युनिटी भवनका लागी जुटाउँदछन् रकम

बिआरटी नेपाल सम्बादाता, सान फ्रान्सिस्को २०७५ असार २२ गते २२:५९ मा प्रकाशित

तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड मध्येको एक हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तीज पर्व नजिकिएसँगै दिदी बहिनीहरूले देशविदेशमा कार्यक्रमको आयोजना गर्न सुरु गरिसकेका छन् ।

यसैबिच अमेरिकामा सामाजिक काममा सक्रिय रहेका दिदी बहिनीहरूले नेपाली कम्युनिटी भवन बनाउन लागिपरेको समयमा भवनको सहयोगका लागी अगष्ट ४ का दिन दर खाने कार्यक्रमको आयोजना गरेका छन् । दर खाने दिनलाई सदुपयोग गर्दै दिदी बहिनीहरूले उपस्थित समस्त नेपालीहरूलाई सहयोगको अपिल गर्दै दर खाएर बाँचेको रकम भवन निर्माणका लागी खर्चिने जन सम्पर्क समिति नर्दन क्यालिफोर्नियाकी कोषाध्यक्ष गोमा अधिकारीले जानकारी दिइन् । कोषाध्यक्ष अधिकारीका अनुसार कार्यक्रम ७३ ,Eddy ST San Francisco ca मा हुन गइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू