अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

रेसम बजगाईको हत्यामा संलग्न शंकास्पद अभियुक्तको तस्बिर प्रहरीद्वारा सार्वजनिक

विजय थापा २०७५ असार २२ गते २२:३५ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा जुलाई ४ तारिख बिहान १ बजेर १५ मिनेटमा सुनोको ईन्धन चौकीमा ४० वर्षीय रेसम बजगाईको हत्यामा संलग्न भएको आशङ्कामा शंकास्पद अभियुक्तको तस्बिर प्रहरीद्वारा सार्वजनिक गरिएको छ ।

प्रहरीले यस बारेमा जुलाई ४ तारिख मै पक्राउ परेको जानकारी दिएता पनि तस्बिर सार्वजनिक गरेको थिएन । आज स्व बजगाईको हत्याको अनुसन्धान र यस मामला सम्बन्धी अनुसन्धान गरी रहेको फेयर फ्याक्स प्रहरी चौकीले उक्त तस्बिर सार्वजनिक सामाजिक सञ्जाल ट्वीटर मार्फत गरेको छ ।

उक्त हत्यामा अन्यको खोजी जारी रहेता पनि मोहमद अबुकर अब्दुल्लाह नामक शंकास्पद व्यक्तिको नाम सहित अङ्ग्रेजीमा मग सट अफ जुलाई फोर्थ मर्डर ससपेक्ट भनी सार्वजनिक गरेको छ ।

पुर्खौली घर गोर्खाबाट भरतपुर चितवन बसाई सराई नेपाली मूलका ४० वर्षीय रेसम बजगाईलाई लुटेराहरूको आक्रमणबाट मारिएका थिए । मृतक बजगाई कतार बसी पुन: नेपाल फर्की गत वर्ष सेप्टेम्बर २०१७ मा मात्र अमेरिका आएका थिए ।

स्व बजगाई आफ्नी जीवन सङ्गिनी तथा ५ वर्षीय छोरीसँग बस्दै आएका थिए । उनको हत्या भए पछि उनको दाह संस्कार लगायत अन्य खर्च जुटाउन गैर आवासीय नेपाली सङ्घ भर्जिनिया शाखाले गो फन्ड खोलेको छ । $ ५० हजार डलर पैसा जुटाउने लक्ष्य राखिएको उक्त गो फन्डमा अहिले सम्म ५५ हजार ०८७ डलर सङ्कलन भई सकेको जानकारी एनआरएन भर्जिनियाका अध्यक्ष गोविन्द सुवेदीले दिएका छन् ।

तस्बिर सौजन्य : फेयर फ्याक्स प्रहरी चौकी

प्रतिक्रिया