अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

उरुग्गेविरुद्ध फ्रान्स २–० ले अग्रता लिँदै सेमिफाईनल प्रवेश

बिआरटीनेपाल २०७५ असार २२ गते ११:०० मा प्रकाशित

काठमाडौँ । रुसमा भइरहेको विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरू आजबाट सुरु भएको छन् । आज भएको पहिलो खेलको क्वार्टरफाइनल उरुग्वेविरुद्ध फ्रान्सले २–० ले अग्रता लिएर सेमी फाइनलमा पुगेको छ । फ्रान्सले पहिलो गोल खेल सुरुभएको ४० मिनेटमा र दोस्रो गोल ६२ मिनेटमा गरेको छ । जसमा पहिलो गोल अस्मनी डेम्बेले र दोस्रो गोल किलिएन एम्बाप्पेले गरेका थिए ।

रुसमा जारी प्रतियोगितामा पहिलो क्वाटरफाइनल खेलमा विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्सको खेल कोलोराडो समय अनुसार आज बिहान ८ बजे बाट सुरु भएको हो ।

अब खेलको विजेता प्रान्सको टोलीले सेमिफाइनलमा बेल्जियम वा ब्राजिलमध्ये एकको सामना गर्नेछ भने पराजित उरुग्गेको टोली यही क्वाटरफाइनलबाट ने बाहिरिएको छ । ब्राजिल र बेल्जियमबिचको खेल अहिले दिनको १२ (कोलोराडो समय) बजे अर्थात् नेपाली समयअनुसार आज राती ११ः४५ बाट सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू