अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

चीनको कुइचाओ प्रान्तका व्यवसायी नेपालमा लगानी भित्र्याउन इच्छुक

बिआरटीनेपाल २०७५ असार २२ गते ८:४५ मा प्रकाशित

g_ देखिएका छन् । कुइचाओ उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चाङ चाओको नेतृत्वमा नेपाल आएको २० सदस्यीय चिनियाँ उद्यमी व्यवसायीको टोलीले नेपाल उद्योग वाणिज्य महासङ्घसँगको भेटवार्तामा सो इच्छा व्यक्त गरेको हो ।

उक्त टोली नेपालमा लगानी भित्र्याउने सम्बन्धमा छलफल गर्न नेपाल आएको महासङ्घले जानकारी दिएको छ । उपाध्यक्ष चाङ चाओकै नेतृत्वमा १ महिनाअघि आपसी सम्भाव्यताका विषयमा छलफल गर्न कुइचाओ प्रतिनिधिमण्डल महासङ्घ आएको थियो । महासङ्घ र उक्त प्रतिनिधिमण्डलबिच सम्पन्न भेटवार्तामा नेपालमा पूर्वाधार, सूचनाप्रविधि, पर्यटन, स्मार्ट सिटी, सहरी यातायात, जनशक्ति विकास तथा डाटा सेण्टर स्थापनालगायत विषयमा बृहत् छलफल भएको महासङ्घका अध्यक्ष भवानी राणाले बताइन् ।

चिनियाँ एक्जिम बैङ्कको कुइचाओ शाखा नेपालको विकासमा लगानी गर्न इच्छुक रहेको तथा कुइचाओ विश्व विद्यालयका तर्फबाट नेपालको शैक्षिक विकासमा सहयोग गर्न तयार रहेको राणाले जानकारी दिइन् ।

चिनियाँ प्रतिनिधिमण्डलमा इन्भेष्टमेण्ट, हाइवे, ट्रान्सपोर्ट, प्लानिङ, इनर्जी, टेलिकम्युनिकेशन, ग्यास हिटिङ पावर डिजाइन, रेल वे तथा युनिभर्सिटीलगायत क्षेत्रको प्रतिनिधित्व थियो ।

भेटका क्रममा राणाले नेपालको विकास प्रयासलाई सहयोग गर्ने प्रतिबद्धताको प्रशंसा गर्दै नेपाल अहिले लगानीका लागि उपयुक्त स्थल भएको स्पष्ट पारिन् । लगानी र प्रविधि भित्र्याउन आवश्यक सहयोग गर्न महासङ्घ तयार रहेको उनले बताइन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका लागि आगामी दशक विकास दशकका रूपमा रहेकाले यहाँ रहेको सम्भाव्यताका क्षेत्रमा लगानी गरी फाइदा उठाउन चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू