अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

चीनको कुइचाओ प्रान्तबाट नेपालमा लगानी ल्याउने चिनिया लगानीकर्ताको प्रतिबद्धता

बिआरटीनेपाल २०७५ असार २१ गते १०:३१ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा सहित महासङ्घका पदाधिकारी समक्ष चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चाङ चाओ Mr. Zhang Zhao, Vice President of Guizhou Federation of Industry and Commerce को नेतृत्वमा नेपाल भ्रमणमा आएको कुइचाओका २० सदस्यीय चिनिया“ उद्यमी व्यवसायीहरू बिच आज महासङ्घ सचिवालयमा भेटवार्ता भयो । उपाध्यक्ष चाङ चाओ अखिल चीन उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्य Executive Member of All China Federation of Industry and Commerce-ACFIC पनि हुनुहुन्छ । 

नेपालमा चीनको कुइचाओ प्रान्तको लगानी भित्र्याउने सम्बन्धमा छलफल गर्न प्रतिनिधिमण्डल महासङ्घ सचिवालयमा आएको हो । उपाध्यक्ष चाङ चाओकै नेतृत्वमा एक महिना अघि आपसी सम्भाव्यताका विषयमा छलफल गर्न कुइचाओ प्रतिनिधिमण्डल महासङ्घ आएको थियो । महासङ्घ र उक्त प्रतिनिधिमण्डल बिच सम्पन्न भेटवार्तामा नेपालमा पूर्वाधार, सूचनाप्रविधि, पर्यटन, स्मार्ट सिटी, सहरी यातायात, जनशक्ति विकास तथा डेटा सेन्टर स्थापना लगायतका विषयमा बृहद छलफल भयो ।

सो अवसरमा चिनिया“ पक्षबाट कुइचाओ प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पूंजी मार्फत नेपालको विकासमा सहयोग गर्न तीव्र इच्छा व्यक्त गरियो । चिनिया“ एक्जीम बैङ्कको कुइचाओ शाखा नेपालको विकासमा लगानी गर्न इच्छुक रहेको समेत चिनिया“ पक्षबाट जानकारी दिइयो । भेटवार्तामा कुइचाओ विश्व विद्यालयका तर्फबाट नेपालको शैक्षिक विकासमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइएको थियो । चिनिया“ प्रतिनिधिमण्डलमा इन्भेष्टमेन्ट, हाइवे, ट्रान्सपोर्ट, प्लानिङ, इनर्जी, टेलिकम्युनिकेशन, ग्यांस हिटिङ पावर डिजाइन, रेल्वे तथा युनिभर्सिटी लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको थियो । प्रतिनिधिमण्डलका नेता एवं कुइचाओ उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चाङ चाओले नेपालको विकासमा कुइचाओ प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पार्नुभयो ।

नेपालको विकास प्रयासलाई सहयोग गर्ने प्रतिबद्धताको प्रशंसा गर्नुहुँदै अध्यक्ष राणाले नेपाल यतिखेर लगानीका लागि उपयुक्त स्थल भएको प्रस्ट पार्नुभयो । यहाँ लगानी, पंजी प्रविधि भित्रयाउंदा तपाइहरूलाई आवश्यक सहयोग गर्न महासङ्घ तयार छ, उहाँले विश्वास दिलाउनु भयो । प्रधानमन्त्रीबाट हालै सम्पन्न चीनको औपचारिक भ्रमणका क्रममा आपसी हितका विषयमा निकै धेरै सहकार्यका लागि प्रतिबद्धता र सहयोग सम्बन्धी सम्झौता समेत भएकाले अव त्यसलाई सफल कार्यान्वयनमा लैजान जोड दिनु भयो । अध्यक्ष राणाले जनशक्ति विकास तथा महासङ्घमा डाटा सेन्टर स्थापनाका लागि प्रस्ताव राख्नु भयो । ऊर्जा, कृषि, पर्यटन, शिक्षा, पूर्वाधार(सडक, रेल, पुल, टनेल) लगायतका क्षेत्र नेपालका प्रमुख लगानीका क्षेत्र भएको कुरा सरकारले समेत किटान गरेको अध्यक्ष राणाले स्पष्ट पार्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको लागि आगामी दशक विकास दशकको रूपमा रहेकाले यहाँ रहेको प्रचुर सम्भाव्यताका क्षेत्रमा लगानी गरी फाइदा उठाउन चिनिया लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासङ्घ तपाइहरूलाई नेपालमा स्वागत गर्न आतुर छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नु भयो– सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशील रहेको र लगानीको वातावरण पनि अत्यन्त अनुकूल रहेको छ ।

बैठकमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू प्रवलजंग पाण्डे, विनोदराज ढकाल, रविनकुमार श्रेष्ठ, महासङ्घका निमित्त महानिर्देशक गोपाल तिवारी, महासङ्घका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया