अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

भर्जिनियामा लुटेराले रेसम बजगाईलाई आगो निभाउने उपकरणले हिर्काएर मारिएको दाबी

विजय थापा २०७५ असार २० गते १८:३४ मा प्रकाशित

अमेरिकाको स्वतन्त्रता दिवसको बिहानी पख भर्जिनियाको हरन्डन शहरस्थित सुनोको ईन्धन चौकीमा लुटेराले रेसम बजगाईलाई आगो निभाउने उपकरण (फायर एक्सटिनगुईसर) ले हिर्काएर मारिएको पछिल्लो जानकारी प्राप्त भएको छ ।

नेपाल घर गोर्खाबाट चितवन बसाई सराई नेपाली मूलका ४० वर्षीय रेसम बजगाईलाई बुधवार बिहान १ बजे १५ मिनेटमा लुटेराले आक्रमण गरी मारेको कुरा फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो ।

पछिल्लो जानकारी र श्रोत अनुसार मृतक बजगाई १० वर्ष सम्म खाडी मुलुक कतार बसी पुन: नेपाल फर्की ३ वर्ष भन्दा ज्यादा नेपालमा बसेर गत वर्ष सेप्टेम्बर २०१७ मा मात्र अमेरिका आएको बताइएको छ ।

तर उनकी जीवन सङ्गिनी विविधता चिट्ठा प्रणाली बाट ५ वर्ष अगाडी नै अमेरिका आएको नजिकका आफन्तले बताएका छन् । पछिल्लो जानकारी अनुसार उनी उक्त सुनोको ग्यास स्टेसन (इन्धन चौकी) मा हप्तामा एक पटक मात्र काम गर्ने र आजै मात्र काम गर्न आएको जानकारी प्राप्त भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन सङ्गिनी तथा ५ वर्षीय छोरी सँग बस्दै आएका थिए । गत हप्ता मात्र उनी मेरिल्याण्डको एक समुद्र किनारामा साथीहरूसँग घुमफिर गर्न गएका थिए भनी जानकारी प्राप्त भएको छ ।

लुटेराले आगो निभाउने उपकरणले कुटे पछि मृतक बजगाईलाई इन्धन चौकीमा गएर फेरी निर्घात कुटेर मारेको आशङ्का गरिएको छ । यसको साथै शकास्पद लुटेरालाई प्रहरीले पक्राउ गरी सकेको छ ।

हरन्डन को किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको हो । प्रहरीका अनुसार शरीरको माथिल्लो भागमा ज्यादै चोट पटक लागि रक्तश्राव ज्यादा भई रगत बगेको कारण मृत्यु भएको हो । दिवा समयमा सुनोको ईन्धन चौकीको सरसफाइ गरिएको छ भने अहिले सम्म उक्त ईन्धन चौकी मा कारोबार सुरु गरिएको छैन ।

उक्त संधिग्द बन्दुकधारीलाई उक्त स्थानको छेउछाउ कै किनमेल पसलको सवारी साधन अडान क्षेत्र(पार्किंग लुट ) रोक्ने स्थान बाट नै पक्राउ गरिएको थियो ।

साथै फेयर फ्याक्स प्रहरी चौकीले सामाजिक सञ्जाल मुहार पुस्तिका बाट प्रत्यक्ष प्रसारण गर्दै मृतक ४० वर्षीय रेसम बजगाई वर्षीय बजगाई भएको बताएको छ । आज जुलाई ४ तारिख स्वन्त्रता दिवस परेकोले प्रहरीहरू पनि बिदामा रहेकोले थप जानकारी जुलाई ५ तारिख आउने अपेक्षा गरिएको छ ।

तस्बिर :सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू